मिति: २०८२/१०/१५ श्रीमान् अभिभावकज्यू, विषय: महालक्ष्मी नगरपालिकाद्वारा लिइने Send-Up परीक्षा तथा Pre-BLE परीक्षासम्बन्धी सूचना। महोदय, उपरोक्त सम्बन्धमा महालक्ष्मी नगरपालिका परीक्षा समितिद्वारा लिइने SEE Send-Up परीक्षा तथा Pre-BLE परीक्षा को समयतालिका माथि दिइएअनुसार रहेको जानकारी गराइन्छ। सोहीअनुसार तयारी गरी परीक्षामा सहभागी हुन अनुरोध गर्दछौँ। आइतबार विद्यालय पहिलेकै समयमा सञ्चालन हुने भएकाले सोही समयमा आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाइदिनुहुन जानकारी गराइन्छ। साथै, कक्षा ८ को परीक्षा विद्यालयमै, पहिलेकै समयअनुसार सञ्चालन हुनेछ। कक्षा १० को परीक्षा महालक्ष्मी नगरपालिकाद्वारा तोकिएको परीक्षा केन्द्रमा बिहान ७:३० बजे देखि सुरु हुनेछ। कक्षा ८ को परीक्षा पनि विद्यालयमै बिहान ७:३० बजे देखि सुरु हुनेछ। यसकारण कक्षा ८ र कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण शैक्षिक सामग्री (किताब, कापी आदि) सहित बिहान ६:०० बजे विद्यालयमा अनिवार्य रूपमा उपस्थित गराइदिनुहुन अनुरोध गर्दछौँ। धन्यवाद। रीता श्रेष्ठ प्रिन्सिपल नमुना इङ्गलिस सेकेन्डरी स्कुल लुभू, ललितपुर